मापदण्ड बनाएर केन्द्रीय सदस्य मनोनीत गर्नुभएको हो ? : शेखर कोइराला

फाइल फोटो

२१ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीमा काम गर्ने निष्ठावान, इमान्दार र त्यागी नेतालाई नियोजित किसिमले पाखा लगाउनेविरुद्ध डटेर सामना गर्न आवश्यक रहेको बताएका छन्।

आफ्ना पक्षका नेता, कार्यकर्ताहरुलाई काठमाडौंमा सम्बोधन गर्दै यस्तो बताएका हुन्। ‘नेपाली कांग्रेसलाई नयाँ उचाइमा पुर्‍याउने विश्राम लागेको छैन।

frontline

विभाजन, कटुता र असहयोगी भावना नराखौं र पार्टीमा काम गर्ने निष्ठावान इमान्दार, त्यागी नेतालाई नियोजित किसीमले पाखा लगाउनेविरुद्ध डटेर सामना गरौँ,’ उनले भने। 

उनले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय सदस्य मनोनयबारे प्रश्न गरे। ‘के मापदण्ड बनाएर केन्द्रीय सदस्य मनोनीत गर्नुभएको हो? प्रश्न उठेको छ,’ उले भने। उनले कुनै पनि कार्यकर्ताको शिर झुक्न नदिने भन्दै अबको निर्वाचनमा कांग्रेस पहिलो बन्ने बताए।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here