‘माननीय’ को इज्जत धानिदेऊ

खगेन्द्र सुनार सांसद नहुँदै अनेक विवाद र मुद्दामा परेका व्यक्ति थिए। विद्रोहको आवरणमा उपद्रवी व्यवहार देखाउँदा उनी कतिपयका लागि लोकप्रिय र खासमा चर्चित अनुहार बने। त्यही चर्चा र राष्ट्रिय स्वतन्त्र पार्टीको देशव्यापी लहरका कारण बाँके— ३ बाट उनले चुनाव पनि जिते। जनताको प्रतिनिधि भइसक्दा पनि विवादास्पद बोली र गतिविधिमा संलग्नताको आदत नछोडका खगेन्द्रको चरम उद्दण्ड व्यवहार सामाजिक सञ्जालमा सोमबार सार्वजनिक भयो। 

सार्वजनिक भएको त्यो संवाद प्रथम श्रवणमै सुनारको ठहर गर्दै उनको पार्टीले सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाइसक्यो। हाला कि उनले पनि यान्त्रिक अक्कल (एआई) प्रयोग गरी आफ्नो बोली नक्कल गरेर बनाइएको अडियो भनेर ओभानो बन्ने प्रयास गरेका छन्। तर सर्वसाधारण जो एआईका प्रयोक्ता छन्, तिनलाई पनि थाहा छ, अभद्र बोली वचन र हिंसात्मक शब्दहरूको प्रयोग अरूले गरेको भए पनि एआई आफैंले फिल्टर गर्छ, उसको माध्यमबाट सिर्जना गर्न जटिल हुन्छ। तसर्थ खगेन्द्रले ढाँटेको कुरा काटे पनि मिल्दैन।

frontline

जनप्रतिनिधिको व्यवहार आफैंमा मर्यादित हुनुपर्छ। सभ्य र सुसंस्कृत हुनुपर्छ। झन् उनी र उनको पार्टी सुसंस्कृत राजनीति गर्छौं भनेर आएको हो। तर सामान्य व्यवहारमा पनि अपाच्यमात्रै होइन आपराधिक लाग्ने, मार्ने र रगत पिउनेसम्मको अभिव्यक्ति त्यो पनि एक महिलालाई दिनु पाशविक चरित्र हो। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here