माई नगरपालिकामा बाँसजन्य उत्पादनकर्तालाई नगद प्रोत्साहन र सम्मान

२०८३ असार २२

माई नगरपालिकामा बाँसजन्य उत्पादन प्रवर्द्धनका लागि एक विशेष कार्यक्रम नगद प्रोत्साहन तथा सम्मानका साथ सम्पन्न भएको छ। नगरपालिका भित्रका अग्रज बाँसजन्य वस्तु उत्पादनकर्ताहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो।

frontline

नगरप्रमुख खम्बा सिं लिम्बुज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपप्रमुख हिमा भण्डारीज्यूको विशेष उपस्थिति र योजना शाखा प्रमुख हिमाल तिमल्सिनाको उपस्थिति रहेको थियो।

स्थानीय हस्तकला र सीपको सम्मान कार्यक्रममा नगरपालिका क्षेत्रभित्र लामो समयदेखि बाँसका सामग्रीहरू (जस्तै: डोको, डालो, नाङ्लो, मुढा तथा अन्य बुट्टाभरी सजावटका सामानहरू) उत्पादन गर्दै आएका अग्रज उद्यमीहरूलाई नगद सहित खदाद्वारा सम्मान गरिएको थियो।

स्थानीय स्रोत-साधनको अधिकतम उपयोग गरी परम्परागत सीपलाई जीवन्त राख्ने उद्यमीहरूको योगदानको उच्च कदर गर्दै यो प्रोत्साहन प्रदान गरिएको हो।

दिगो आयआर्जन र आत्मनिर्भरतामा जोडकार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख खम्बा सिं लिम्बुले स्थानीय सीप र उद्यमशीलता नै नगरको समृद्धिको आधार भएको बताउनुभयो।

उहाँले बाँसजन्य उत्पादनलाई आधुनिकीकरण गर्दै व्यावसायिक रूप दिन नगरपालिकाले आगामी दिनमा पनि यस्ता प्रोत्साहनमूलक योजनाहरू तथा उत्पादित सामाग्री बिक्रीको लागि बजारको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here