मलेशियामा मृत्यु भएको श्रमिकको शव जनमत पार्टीका नेता बिकास कुमार यादवको पहलमा उद्धार।
मलेशिया । वैदेशिक रोजगारीको क्रममा मलेशियामा मृत्यु भएको श्रमिकको शव जनमत पार्टीको भातृसंगठन गैर आवासीय मधेशी संघ मलेशिया शाखाको पहलमा उद्धार भएको छ ।
मधेश प्रदेशको रौतहट जिल्ला राजदेवी नगरपालिका – ८ बेलबिछवा बस्ने मेथुर मुखियाको छोरा दिनेश मुखियाको ठुलो भाई ३८ वर्षिय राजेश मुखिया मलेशियामा एक प्रतिष्ठित कम्पनीमा काम गर्दै आएको २७ जुन २०२४ का दिन अचानक मृत्यु भएको हो । घटना सुन्न बित्तिकै जनमत पार्टी का केन्द्रीय सदस्य तथा युवा नेता बिकास कुमार यादवले पिडित परिवार संग भेट गरि पिडित परिवार संग अन्य कागहरू तयार गरेर यादवले जनमत पार्टीको सचिवालय जनकपुरधाम गैर आवासीय मधेशी संघ द्वारा संचालित NRMA हेल्पडेस्क कार्यलयमा शव उद्धारको लागि NRMA हेल्पडेस्क संयोजक सुरेन्द्र भण्डारीलाई जनकारी गराए ।
गैर आवासीय मधेशी संघ मलेशिया उद्धार समितिले जानकारी पाउन लगत्तै श्रमिक लाई स्वदेश पठाउन नेपाली राजदुतावास, कमपनी संग समन्वय गरि उद्धार कार्यको प्रक्रिया अगाडी बढाए । एक हप्ता नवितिदै ४ दिन मै अर्थात १ जुलाई २०२४ सोमवारका दिन स्वदेश पठाउन सफल भएको हो ।
यस उद्धार कार्यमा जनमत पार्टीका केन्द्रीय सदस्य तथा युवा नेता बिकास कुमार यादव,स्थानिय नेता धर्मेन्द्र महतो गैर आवासीय मधेशी संघ मलेशियाको अध्यक्ष मंसी खंगले अहम भूमिका निर्वाह गर्नुको साथै मलेशिया उद्धार समितिका समितिका सदस्य जनक लाल यादव, महेश प्रसाद यादव, सरोज कुमार यादव लगायत मलेशिया समिति सम्पूर्ण पदाधिकारी ज्यूको पहलमा उद्धार भएको हो ।
स्वदेश देखि विदेश सम्म मधेशी समुदाय लाई संगठित गर्दै मधेश र मधेशीको हकहितमा काम गर्ने छाता संगठनको रूपमा गैर आवासीय मधेशी संघ (NRMA) अन्तर्राष्ट्रीय समिति को स्थापना ८ सेप्टेम्बर २०१० मा भएको हो ।
त्यस्तै एनआरएमएले प्रवासमा रहेको सबै मधेशीहरुलाई एउटा छाता संगठनभित्र एकबद्ध गर्दै हरेक किसिमको सहयोग उपलब्ध गराउदै आई रहेको छ । आर्थिक सहयोगदेखि रोजगार सम्बन्धी समस्या, बिदेशी क़ानूनी समस्या आदिमा समेत संगठनले सहयोग जारी राखेको छ। यसका साथै बिदेशी भूमिमा दुर्घटनामा परेका, जेल परेका, मृत्यु भएका समस्यामा समेत एनआरएमएले समस्या समाधानका लागी सक्रिय पहल गर्दै आएको छ ।
गैर आवासीय मधेसी संघ ४४ वटा देशमा फैलिएको छ भने यस संगठनमा २ लाख भन्दा बढ़ी सदस्य रहेका छन्। मलेसिया, कतार, युएई , साउदी अरब, कुवैत, भारत र मध्यपूर्वका देशहरुमा NRMA का सदस्यहरुको बाक्लो उपस्थिति रहेका छन ।
प्रतिक्रिया दिनुहोस्