म पार्टी विभाजनको बाटोमा जानुहुन्न भन्छु

नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी गम्भीर मोडमा उभिएको र विभाजनको डिलमा पुगेको बताएका छन्। पूर्वसभापति शेरबहादुर देउवा समूहद्वारा सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै नेता खड्काले आफू जस्तोसुकै परिस्थितिमा पनि पार्टी विभाजनको विपक्षमा रहेको र संस्थापन पक्षले सबैलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए।

भेलालाई सम्बोधन गर्दै नेता खड्काले पार्टीभित्रको आन्तरिक कलह र गुटबन्दीप्रति कडा असन्तुष्टि जनाए। आफू पार्टी फुट्न नदिने पक्षमा दृढ रहेको प्रस्ट्याउँदै उनले भने, ‘पार्टी विभाजनको डिलमा छ। तर, पहिले के गर्छस् भनेर सोध्नुभयो भने म पार्टी विभाजनको बाटोमा जानुहुन्न भन्छु।’ उनले आफू सधैं एकताकै पक्षमा उभिने प्रतिबद्धतासमेत व्यक्त गरे।

frontline

कांग्रेसको ऐतिहासिक विभाजन र एकताको प्रसंग कोट्याउँदै नेता खड्काले विगतका घटनाक्रमको आफू प्रत्यक्ष साक्षी रहेको दाबी गरे। ‘पार्टी विभाजन पनि गिरिजाबाबुका कारणले भएको हो। पार्टी मिलाएको पनि गिरिजाबाबुले नै हो, म यसको साक्षी छु,’ खड्काले थपे, ‘भोलि बोल्दा सबै सविस्तार भन्छु, घटनाहरू भन्छु। के के घटनाले पार्टी फुट्यो, के के घटनाले पार्टी मिल्यो, त्यो पनि म साक्षी छु। म जस्ताको त्यस्तै तपाईंहरूलाई भन्छु। यो अन्तिममा एउटा कुरा आज भन्दैछु।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here