भोटेकोशी-त्रिशूली बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आङ्कलन

भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

The current image has no alternative text. The file name is: 1788241227-q4ORp.jpg

प्राधिकरणका कार्यकारी प्रमुख डा। धर्मराज उप्रेतीका अनुसार भवन, सडक, कृषि, पशुपन्छी, बैङ्क तथा दूरसञ्चारलगायत क्षेत्रमा गरिएको प्रारम्भिक मूल्याङ्कनबाट उक्त क्षति देखिएको हो ।

frontline

उनले आगामी चार महिनाको प्रारम्भिक पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको बताए । यसअन्तर्गत भवन तथा बस्ती पुनःस्थापना, पुल निर्माण, स्वास्थ्य तथा पोषण, शिक्षा, कृषि, पशुपन्छी, ऊर्जा र दूरसञ्चारलगायत क्षेत्र समेटिएका छन् ।

खोज तथा उद्धार कार्य अझै जारी रहेको भन्दै उनले दैनिक १० देखि १२ वटा हेलिकप्टरमार्फत खोजी, उद्धार तथा शव सङ्कलनको काम भइरहेको जानकारी दिए। बाढीका कारण सुरुङमा फसेकाहरूको उद्धारका लागि पनि अभियान जारी रहेको उनले बताएका छन् ।

प्राधिकरणका अनुसार काठमाडौंसहित विभिन्न २१ स्थान र थपिएका शिविरमा खाद्य तथा राहत सामग्री पठाउने काम भइरहेको छ । भौगोलिक कठिनाइका कारण कतिपय प्रभावित क्षेत्रमा राहत पुग्न नसकेको गुनासो सम्बोधन गर्न थप प्रयास भइरहेको जनाइएको छ ।

प्रारम्भिक क्षतिको विवरणलाई थप विस्तृत क्षति मूल्याङ्कन तथा विपद्पछिको आवश्यकता मूल्याङ्कनमार्फत स्पष्ट पारिने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here