भीम रावल:हामीलाई निष्कासित गर्नु हाँस्यास्पद

काठमाडौं । नेकपा (एमाले) बाट निश्कासनमा परेका नेता भीम रावलले आफूहरुलाई गरेको कारबाही केपी गुटको फुटवादकै निरन्तरता भएको टिप्पणी गरेका छन् । 

रावलले आफूहरुलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हाँस्यास्पद भएको बताएका छन् । 

frontline

सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले रावललगायत वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको थियो ।

त्यसलगत्तै सामाजिक सञ्जाल ट्वीटरमा रावलले देशलाई अस्तव्यस्त बनाउने केपी ओली गुटले आफूहरुलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद भएको बताएका हुन् । 

‘पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लङ्घन गर्ने,देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका राष्ट्रघाती कुकृत्य गर्ने र देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ।यो केपी गुटको फुटवाद कै निरन्तरता हो,’ उनले भनेका छन्।

सोमबारको स्थायी कमिटी बैठकले प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने र उनलाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दे सर्वोच्चमा रिट दायर गर्ने २३ मध्येका ११ सांसदलाई पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

poster-here