भारतीय युट्युबर ध्रुव राठी प्रहरी हिरासतबाट रिहा
काठमाडौं : भारतीय युट्युबर तथा सामाजिक सञ्जाल इन्फ्लुएन्सर ध्रुव राठीलाई प्रहरीले नियन्त्रणमा लिएको केही घण्टामै रिहा गरेको छ। गुरुग्राम प्रहरीका प्रवक्ताका अनुसार राठीलाई नियन्त्रणमा लिएको केही समयपछि नै छाडिएको हो।
राठीलाई शनिबार बिहान गुरुग्रामको सेक्टर ५६ स्थित सेन्ट्रल पार्क विहारबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। नयाँ दिल्लीस्थित जन्तर-मन्तरमा ‘ककरोच जनता पार्टी’ (सीजेपी) ले आयोजना गरेको विरोध प्रदर्शनलाई समर्थन गर्न जान लागेकाले उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।






प्रतिक्रिया दिनुहोस्