भारतको मणिपुरमा फेरि भड्कियो हिंसा, नेपालीसहित थप ९ जनाको मृत्यु

भारतको उत्तरपूर्वी राज्य मणिपुरका पहाडी जिल्लामा फेरि हिंसा भड्किएको छ। 

नयाँ हिंसामा कम्तीमा नौ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

frontline

एक दर्जनभन्दा बढी घरमा आगजनी गरिएको छ।

हिंसा शुक्रबार राति एक कुकी महिलाको गोली हानी हत्या भएपछि सुरु भएको थियो।

शुक्रबार राति कामजोङ जिल्लाको चासद गाउँमा सशस्त्र समूह र सुरक्षा बलबिच गोली हानाहान भएको थियो, जसमा परी ४२ वर्षीया कुकी महिला डोमखोनी तोथाङको मृत्यु भएको हो। 

एक स्थानीय प्रहरी अधिकारीले भने, ‘मणिपुर प्रहरी, इन्डिया रिजर्भ बटालियन र बीएसएफको संयुक्त टोलीले चासद गाउँमा अवैध बंकर हटाउन अभियान सञ्चालन गरिरहेको थियो। स्थानीय महिलाले उक्त अभियानमा अवरोध पुर्‍याउने प्रयास गरे र अज्ञात आक्रमणकारीले सुरक्षा टोलीमाथि गोली चलाए, जसले गर्दा सुरक्षा बल जवाफी कारबाही गर्न बाध्य भए।’

यस घटनापछि क्षेत्रमा तनाव बढ्यो र केही अज्ञात व्यक्तिले गाउँका धेरै घरमा आगजनी गरे। कुकी नागरिक समाज र कुकी महिला संघका कार्यकर्ताले घटनाको विरोध गरेका छन्।

यसैबिच शनिबार बिहान चासाद गाउँमा अर्को कुकी व्यक्तिको हत्या भएपछि हिंसा पुन: भड्किएको छ। 

अज्ञात आक्रमणकारीले चासाद प्रहरी चौकीमा आगो लगाउने प्रयास गरेको पनि बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here