बोको हरामका नेता अबुबाकर सेकाउले आत्महत्या गरेको आइएसको दाबी

 काठमाडौं । नाइजेरियाको चरमपन्थी संगठन बोको हरामका नेता अबुबाकर सेकाउले आत्महत्या गरेको अर्को चरमपन्थी संगठन इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स (आईएसवाप)ले बताएको छ ।

आईएसवापले अडियो रेकर्डिङमार्फत उनले बम विष्फोट गराएर आत्महत्या गरेको दाबी गरेको हो

frontline

उक्त अडियो रेकर्डिङमा आईएसवापले आफ्नो संगठनसँगको युद्धको क्रममा उनलाई नियन्त्रणमा लिइएपछि उनले आत्महत्याको विकल्प रोजेको उक्त रेकर्डिङमा आईएसवापका नेता अबु मुसाब अल बर्नावीले सेकाउको मृत्यु भएको बताएका छन् ।

उक्त अडियो रेकर्डिङमा उल्लेख गरिए अनुसार मे १८ मा सेकाउको मृत्यु भएको थियो ।

यद्यपि, यसअघि पनि सेकाउको मृत्युको समाचार आएको थियो ।

तर, पछि उनी पुनःसार्वजनिक हुने गरेका थिए ।

गत महिना सेकाउको मृत्यु भएको समाचार आएसँगै नाइजेरियाको सेनाले हाल उक्त विषयमा अनुसन्धान भइरहेको बताएको थियो ।

यद्यपि नाइजेरियाको सेना र बोको हरामले भने यो समाचारको पुष्टि गरेको छैन।

सेकाउले सन् २००९ देखि बोको हरामको नेतृत्व गर्दै आएका थिए ।

यो क्रममा ३० हजारभन्दा धेरैको मृत्यु भएको छ भने २० लाखभन्दा धेरै विस्थापित भइसकेका छन् ।

आईएसवाप पनि यसअघि बोको हरामको एक भाग थियो

तर पाँच वर्षअघि आफ्नो बोको हरामका नेताहरुबीच देखिएको विवादको कारण यो संगठन छुट्टिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here