बूढीगण्डकीमा ठूलो बाढी, नदी किनारका बासिन्दाको बिहानै भागाभाग

गोरखा : बूढीगण्डकीमा आइतबार बिहानै ठूलो बाढी आएको छ । नदीमा बाढी आएपछि किनार आसपासका बासिन्दा घर छाडेर भागेका छन् ।

बूढीगण्डकीको स्यारखोला तर्फबाट बाढी आएको चुमनुब्री गाउँपालिकाकी पूर्व उपाध्यक्ष कुमारी गुरुङले जानकारी दिइन् । नदी थुनिने र खुल्ने भइरहेको छ । यो समाचार तयार पर्दासम्म फेरि नदी थुनिइरहेको चुमनुब्री ३ जगतका गणेश कार्कीले जानकारी दिए । 

frontline

नदी किनारका जगत, सल्लेरी, सिर्दिवास, खोर्लावेशी, माछाखोला, सोती, आर्खेत, आरुघाटका बासिन्दालाई माइकिङ तथा फोन  गरेर सुरक्षित स्थानतर्फ सर्न भनिएको प्रहरी निरीक्षक आकास कँडेलले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here