बालिका अपहरणका आरोपितलाई गोली हानेर नियन्त्रणमा लिइयो
भैरहवा : रुपन्देहीमा एक नाबालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका–१७ दरखसवाका २७ वर्षीय विशाल उर्फ युवराज थारु रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार,गत बुधबार राति घरभित्र सुतिरहेको अवस्थामा तिलोत्तमा नगरपालिकाको १० वर्षीया बालिकाको अपहरण भएको थियो। खोजतलासको क्रममा बालिकाको शुक्रबार साँझ तिलोत्तमाको कान्छी बजारस्थित जंगलबाट सकुशल उद्धार गरिएको थियो ।
घटनामा संग्लन फरार थारु फेला परेपछि प्रहरीमाथि आक्रमण गर्न खोज्दा गोली प्रहार गरेर उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । खुट्टामा गोली लागेको उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्