बागमतीका तत्कालिन मेयरविरूद्ध चौथो मुद्दा दायर, ५६ करोड ७१ लाख भ्रष्टाचारको आरोप

काठमाडौँ । सर्लाहीको भरतपुर नगरपालिकाका तत्कालिन मेयर भरत थापाविरुद्ध विशेष अदालत सहित जिल्ला अदालतमा गरी भ्रष्टाचारको चौथो मुद्धा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार थापासहित तत्कालिन मधेश प्रदेशका अर्थमन्त्री विजय यादवलगायत ८ जनाविरूद्ध सरकारी सम्पत्ति दुरुपयोग गराइ भ्रष्टाचार गराएको कसुरमा मुद्दा दायर गरेको हो । 

frontline

थापा र यादवसहित अख्तियारले तत्कालिन उपप्रमुख लिलाकुमारी मोक्तान, प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, योजना प्रमुख इन्जिनियर निरञ्जन लामिछाने र सागर पौडेल, लेखा अधिकृत विश्वास पोखरेल, मधेश प्रदेश सरकारका तत्कालिन कानुन अधिकृत गोकुल भुजेललाई प्रतिवादी बनाइएको छ । 

अर्थ मन्त्रालयको अनुदानमा नगरपालिकाको ४ र १२ नम्वर वडामा बागमती माछापोखरी निर्माणको निर्णय स्वीकृत गर्दा मिलेमतोमा ५६ करोड ७१ लाख भ्रष्टाचार गरेको ठहर अख्तियारले गरेको छ । 

उनीहरूविरुद्ध अख्तियारले ५६ करोड ७० लाख रुपैयाँ बिगो मागदाबी गरेको छ ।

#भ्रष्टाचार आराेपमा मुद्धा दायर #विशेष अदालत

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here