बागचन्दसहित ४ न्यायाधीश सर्वोच्चमा, २ सदस्यको फरक मत

काठमाडौं : न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि उच्च अदालतका मुख्य न्यायाधीशसहित ४ जना न्यायाधीशहरूलाई सिफारिस गरेको छ। परिषद्का अध्यक्ष एवं  प्रधानन्यायाधीश  डा. मनोजकुमार शर्माको अध्यक्षतामा मंगलबार बसेको बैठकले उच्च अदालतका मुख्य न्यायाधीश एवं न्यायाधीशहरूलाई  सिफारिस गरेको हो। 

परिषद्की प्रवक्ता रामप्यारी सुनुवारका अनुसार, उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारू, उच्च अदालत पाटन, हेटौंडा इजलासका न्यायाधीश जनक पाण्डे, उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगीलाई सिफारिस गरिएको छ।

frontline

कैलालीका बागचन्द सबैभन्दा वरिष्ठ मुख्य न्यायाधीश हुन्। ५७ वर्षीय बागचन्दले पीएचडी, एमए, बीएल गरेका छन्। २०६६ सालमा न्याय सेवामा प्रवेश गरेका बागचन्द दुई वर्षअघि मुख्य  न्यायाधीश भएका हुन्। त्यस्तै अर्घाखाँचीका ६० वर्षीय सारू पनि सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका छन्। उनी २०४७ सालमा न्याय सेवामा प्रवेश गरेका हुन्। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here