बसले मोटरसाइकल र पैदल यात्रीलाई एकसाथ ठक्कर दिँदा दुई जनाको मृत्यु
२५ कार्तिक, सप्तरी । सप्तरीमा बसले मोटरसाइकल र पैदल यात्रीलाई एकसाथ ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा एकजना घाइते भएका छन्।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीक कंचनरुप नगरपालिका- २ बरमझियामा बुधबार राति १० बजे पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको ग १ ख ९६४२ नम्बरको बसले बीआर ३८ आर ८१७३ नम्बरको भारतीय मोटरसाइकल र पैदल यात्री लाई ठक्कर दिएको हो।
बसको ठक्करबाट मोटरसाइकलमा सवार भारतको सुपौल बलुवा ३ बिहार घर भएका २२ वर्षीय राजु कुमार तिवारी र सोही मोटरसाइकलमा सवार परिचय खुल्न नसकेका अन्दाजी वर्ष ३१ का पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुबैको शव गजेन्द्र नारायण सिंह अस्पतालमा पोष्टमार्टमको लागि राखिएको छ। दुर्घटनामा गम्भीर घाइते उनीहरुको उपचारको क्रममा मृत्युु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए।
सोही बसको ठक्करबाट पैदल यात्री कंचनरुप नगरपालिका-१ बरमझियाका १९ वर्षीय रोहन प्रसाद गुप्ता घाइते भएका छन्। उनको राजविराजमै उपचार भइरहेको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी काफ्लेले बताए।






प्रतिक्रिया दिनुहोस्