बडिगाड गाउँपालिकाले ७२ करोडको बजेट, नीति तथा कार्यक्रम पारित

बागलुङ (खर्वाङ)/बडिगाड गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ७२ करोड ७५ लाख बराबरको बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ । गाउँसभाको १९ औँ अधिवेशनमा उपाध्यक्ष भिमसेन वनद्वारा प्रस्तुत बजेटमा आगामी आर्थिक वर्षका लागि कुल ७२ करोड ७५ लाख रुपैयाँको आय–व्यय अनुमान गरिएको हो ।

शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखिएको बजेटमा सामाजिक विकासतर्फ सबैभन्दा बढी ४३ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ६० प्रतिशतभन्दा बढी हो ।

frontline

पूर्वाधार तथा भौतिक विकासतर्फ १३ करोड ३८ लाख ९० हजार रुपैयाँ, आर्थिक विकासतर्फ कृषि, पशुपालन र उद्यमशीलता प्रवद्र्धनका लागि करिब १ करोड ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटले वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि ४२ लाख र संस्थागत विकास तथा सुशासन प्रवद्र्धनका लागि ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटले ‘एक वडा एक पर्यटन गन्तव्य’ कार्यक्रम, कृषि उत्पादनमा प्रविधि विस्तार, स्थानीय उत्पादनको बजारीकरण, आधारभूत अस्पतालमा सेवा विस्तार तथा विद्यालयमा डिजिटल शिक्षाको प्रवद्र्धन जस्ता नयाँ कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ ।

अघिल्लो आर्थिक वर्ष २०८२/०८३ मा ६९ प्रतिशत वित्तीय प्रगति हासिल भएको उल्लेख गर्दै गाउँपालिकाले चालु योजनालाई सम्पन्न गर्ने र अधुरा आयोजना पूरा गर्ने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here