बंगलादेशमा हिन्दूमाथि हिंसाको विरोधमा रौतहटको दुर्गा भगवतीमा प्रदर्शन

श्रीकान्त यादव

बंगलादेशमा हालै हिन्दू समुदायमाथि बढ्दो हिंसात्मक घटनाहरूको श्रृङ्खलाकै क्रममा हिन्दू नागरिक रिपु दासको योजनाबद्ध रूपमा गरिएको निर्मम हत्याको विरोधमा नेपाल–रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिकामा विरोध कार्यक्रम सम्पन्न भएको छ।
उक्त विरोध कार्यक्रममा दुर्गा भगवती गाउँपालिकाभित्रका हिन्दू धर्मावलम्बीहरू, समाजसेवी, बुद्धिजीवी, भद्रभलाद्मीहरू तथा आदर्श झा र विकास महतोको नेतृत्वमा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले गाउँपालिका क्षेत्रभित्र शान्तिपूर्ण रूपमा परिक्रमा गर्दै विरोध प्रदर्शन गरेका थिए।

frontline


प्रदर्शनका क्रममा “हिन्दू हत्या बन्द गर”, “धार्मिक अल्पसंख्यकको सुरक्षा सुनिश्चित गर”, “मानवअधिकारको सम्मान गर” लगायतका विभिन्न नारा लगाइएको थियो। वक्ताहरूले बंगलादेशमा पछिल्लो समय मन्दिर तोडफोड, हिन्दू घर–व्यवसायमाथि आक्रमण, धम्की र हत्या जस्ता घटनाहरू निरन्तर बढिरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे।


कार्यक्रममा सहभागीहरूले बंगलादेश सरकार तथा अन्तर्राष्ट्रिय समुदायसँग अल्पसंख्यक हिन्दू समुदायको जीउधनको सुरक्षा सुनिश्चित गर्न, दोषीमाथि कडा कारबाही गर्न र यस्ता अमानवीय घटनाहरू तत्काल रोक्न माग गरेका थिए।
उक्त विरोध कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षाकर्मीहरूको उपस्थिति समेत रहेको थियो। सुरक्षाकर्मीहरूको निगरानीमा कुनै अप्रिय घटना बिना कार्यक्रम सम्पन्न भएको आयोजकहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here