प्रस्तावित राजदूत पाण्डेको कार्ययोजना : व्यापार घाटा घटाउन जलविद्युत् र आईटीमा जोड
ठमाडौँ । भारतका लागि प्रस्तावित आवासीय राजदूत डा. निश्चलनाथ पाण्डेले नेपाल र भारतबिचको परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा रूपान्तरण गर्दै राष्ट्रिय हित र जनभावनालाई सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सोमबार संसदीय सुनुवाइ समितिमा आफ्नो विस्तृत कार्ययोजना प्रस्तुत गर्दै पाण्डेले नेपाललाई सूचना प्रविधि, नवप्रवर्तन, शिक्षा र स्वास्थ्य सेवाको अन्तर्राष्ट्रिय गन्तव्य बनाउने सरकारको लक्ष्यअनुरूप आफूले काम गर्ने स्पष्ट पारेका हुन् ।
दुई देशबिच बेलाबेला देखा पर्न सक्ने समस्यालाई स्थानीय अधिकारीकै स्तरमा समाधान गर्ने र त्यहाँ नसुल्झिए द्विपक्षीय संयन्त्र वा उच्च राजनीतिक तहबाट सम्बोधन गर्न आफ्नो सक्रिय भूमिका रहने उनले बताए।






प्रतिक्रिया दिनुहोस्