प्रदेश १ मा डिएपी मल पर्याप्त मात्रामा नभए पनि अभाव छैन
९ पुस, विराटनगर । अन्य प्रदेशहरुमा मल नपाएको गुनासो आईरहेको बेला प्रदेश १ मा पर्याप्त मात्रामा डिएपी मल नभए पनि अभाव नै नभएको कृषि सामग्री कम्पनी लिमिटेड विराटनगरले जनाएको छ ।
विराटनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक गोदाममा गएको मंसिरयता करिब ४ हजार ६ सय मेट्रिक टन डिएपी मल आएकोमा विभिन्न जिल्लामा २ हजार ८ सय २८ मेट्रिक टन डिएपी मल पठाइएको सो कार्यालयले जनाएको छ ।
गहुँ सिजनका लागि पर्याप्त मात्रामा डिएपी मल विक्री गरिएको भए पनि हाइब्रिड मकै खेतीका लागि कृषकहरुले डिएपी मल सञ्चित गर्दा अभाव जस्तो देखिएको लिमिटेडका प्रादेशिक प्रबन्धक नवरत्न गौतमले जानकारी दिनुभयो ।
कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक गोदाममा करिब ३ सय ८५ मेट्रिक टन डिएपी मौज्दात रहेको छ भने विभिन्न जिल्लामा पनि डिएपी मल मौज्दात रहेको जानकारी पाएको प्रादेशिक प्रबन्धक गौतमले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्