प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना
२० कार्तिक, काठमाडाैं : शनिवार देशका प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा मौसम सामान्यतया सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेनुका साथै प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, शनिवार राती देशभर आंशिक बदली रहने छ । गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।






प्रतिक्रिया दिनुहोस्