प्याब्सन अध्यक्ष भन्छन- हामीले जोगी हुन स्कुल खोलेका होइनौं

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष कृष्ण अधिकारीले निजी विद्यालयलाई ट्रस्टमा नभई कम्पनीका रूपमा सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन्। 

आइतबार ललितपुरमा आयोजित ‘शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाको सवाल’ विषयक वृहत शैक्षिक बहस कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले निजी विद्यालय सेवामुलक, लोककल्याणकारी र गैरनाफामुलक बनाएर जाने कुरामा असहमति जनाए। 

frontline

‘निजी विद्यालयहरू ट्रस्टमा जान हुँदैन। निजी रुपमा मात्रै हुन पाउनुपर्छ। निजी विद्यालय विस्तारै गैरनाफामुलक रुपमा जानुपर्छ भन्ने कुरा अन्यथा थियो। यसको आधार कम्पनी हुनुपर्छ,’ उनले भने। 

शिक्षा ऐन बनाउँदा निजी विद्यालयको लगानी सुरक्षा र दीर्घकालीन सञ्चालन सुनिश्चित हुने गरी बनाउनुपर्ने उनको भनाइ थियो। ‘आनन्द भूमी स्कुलमा करोडौँको सम्पत्ति थियो। ट्रस्टमा हुनाले आनन्द भूमी स्कुल बन्द भयो। २४ रोपनी स्कुलमा अमरावती विद्यालय थियो। अमरावतीको प्रिन्सिपललाई उपचार हामीले सहयोग गर्नुपर्‍यो,’ उनले भने, ‘अहिले त्यो विद्यालय नै बन्द भयो। यदि समुदयादको सहयोग भएको भए आज पनि त्यो स्कुल रहन्थ्यो।’

संस्थागत विद्यालयको संस्थापकको मृत्यु हुने बित्तकै वा अन्य कारणले विद्यालय बन्द हुने अवस्थाको अन्त्य गर्न कानुनी व्यवस्था आवश्यक रहेको अधिकारीले बताए। ‘नेपाल विद्यालयको संस्थापकको मृत्यु हुने बित्तिकै स्कुल बन्द हुने अवस्था छ। सरकार अब शिक्षा ऐन ल्याउँदा सरकारी विद्यालय होस् वा संस्थागत विद्यालय त्यसको आयु छोटो नहुने गरी ऐन बनाउनुपर्छ,’ उनले भने। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here