पोखरा विमानस्थलको प्रतिवेदन अपुरो : गोकुल बाँस्कोटा

 समाचार सारांश

  • नेकपा एमालेका सांसद गोकुल बास्कोटाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन उपसमितिको प्रतिवेदन अपुरो रहेको बताए।
  • बाँस्कोटाले उपसमितिको प्रतिवेदनमा फरक मत राख्ने भनि गरिएको सम्बोधनमा असहमति जनाए, यसलाई पूरक मत भने।
  • उनले प्रतिवेदनमा बोर्ड बैठकका निर्णयहरू र महालेखाको बेरुजु सम्बन्धि विषयहरू समावेश गर्नुपर्ने बताए।

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले लेखा समितिले गठन गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन उपसमितिको प्रतिवेदन अपुरो रहेको बताएका छन् ।

बुधबार उक्त प्रतिवेदनमाथि भएको छलफलका क्रममा पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले यस्तो बताएका हुन् । यस्तै उनले समिति सभापति ऋषिकेश पोखरेलले ‘उपसमितिको प्रतिवेदनमा फरक मत राख्ने माननीय’ भनेर गरेको सम्बोधनमा समेत असहमति प्रकट गरे ।  

frontline

‘फरक मत होइन, पूरक मत हो । प्रतिवेदनका विषयमा मेहनत भएको छ तर प्रतिवेदनमा अलिकति केही चिज पुगेन भन्ने हो’, बास्कोटाले भने, ‘तर छानबिनमा के पत्ता लगाउने भन्दा पनि के रहेछ भनेर गर्नुपर्छ ।’

उनले प्रतिवेदनमा बोर्डको बैठकका निर्णयहरू सन्दर्भ सामग्री बन्नसक्ने भएपनि नराखिएको बताए । उनले भने, ‘ती हेर्नुपर्छ । एकातिर महालेखाले बेरुजु भनेको छ । त्यो बेरुजु असुल उपर कसरी हुन्छ भन्ने कुरा ।’

उनले २०१४ बाट विमानस्थलको प्रक्रिया सुरु भएर २५ मा आएर विवादको विषय भएको भएको भन्दै २०१४ देखिकै उठाउँदा राम्रो हुने बताए । उनले नेपाल सरकारको स्पष्ट धारणा समेत नआएको भन्दै कसरी विमानस्थल हस्तान्तरण भयो भनेर प्रश्न गरे । 

समिति #गोकुल बास्कोटा #पोखरा विमानस्थल #लेखा समिति

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here