पैदल यात्रीलाई ठक्कर दिई फरार रहेका टिपर चालक पक्राउ
२७ पुस, काठमाडौं । महानगरीय प्रहरी परिसरले पैदलयात्रीलाई ठक्कर दिई फरार रहेका टिपर चालकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुर सल्लाघारी बस्ने सिन्धुपाल्चोक सेलाङ-५ घर भई ३६ वर्षीय टिपर चालक दुर्गा श्रेष्ठ रहेका छन् ।
काठमाडौं महानगरपालिका-१० बिजुली बजारमा आइतबार राति पैदलयात्री बा.२ ख ५१४५ नम्बरको टिपरले २२ वर्षीय विपिन बिकलाई ठक्कर दिई उनी फरार रहेका थिए ।
उनलाई पेप्सीकोलाबाट लुकेर बसेको अवस्थामा सैनिक प्रहरीको सहयोगमा प्रहरीले पक्राउ हो ।
पक्राउ परकेा उनीमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्