पुनर्निर्माणमा छैन तदारुकता, विज्ञ भन्छन्– चाहिन्छ रणनीतिक ढाँचा
काठमाडौं : मुलुकमा शाहवंशीय शासनअघि नै तिब्बत–चीन जोड्ने रणनीतिक बाटो थियो– नुवाकोटको बेत्रावती। इतिहासकारहरू नुवाकोट–रसुवा लिच्छविकालदेखि नै नुन ल्याउने मुख्य मार्ग भएको बताउँछन्। तर, यही ऐतिहासिक र रणनीतिक मार्ग भोटेकोशीको बाढीले ध्वस्त बनायो।
भदौ १० को भोटेकोशी जलप्रलयले रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षतिमात्र गरेन, ती क्षेत्रको समग्र मानव सभ्यता नै संकटमा पार्यो। अर्थात् उत्तरी छिमेकी चीनसँगको सम्पर्क सम्पूर्ण रूपमा टुट्यो।
भारत र चीन जोड्ने यो मार्गअन्तर्गत रसुवागढीदेखि चितवनसम्म भोटेकोशी बाढीले प्रभाव पार्यो। तर, विपद्को डेढ महिनाभन्दा बढी समय बितिसक्दा पनि राज्यले पुनर्निर्माण र पुनर्स्थापनाको स्पष्ट खाका ल्याउन सकेको छैन। खोज तथा उद्धारको चरण सकिए पनि प्रभावित क्षेत्रमा बाटोघाटो, पुल र सञ्चार सम्पर्क पूर्णरूपमा विच्छेद हुँदा स्थानीय तुइन, ड्रोन र हेलिकप्टरको भर पर्न बाध्य छन्।






प्रतिक्रिया दिनुहोस्