पुन लिम १३३ दिन एक्लै समुद्रमा

८ मंसिर, काठमाडौं । चिनियाँ नागरिक पुन लिम बीईएम १ सय ३३ दिन समुद्रमा एक्लै बाँचेका थिए। उनी दोस्रो विश्वयुद्धका बेला बेलायती पानीजहाजमा स्टोरकिपरको काम गर्थे।

सन् १९४२ नोभेम्बर २३ मा जर्मनद्वारा सो पानीजहाजमाथि आक्रमण गरी डुबाइयो। उक्त पानीजहाज केप टाउनबाट सुरिनाम जाँदै थियो। जसमा ५३ मानिस सवार थिए। तीमध्ये पुन लिम मात्रै बाँचे।

frontline

सन् १९१८ मा चीनमा जन्मिएका उनी पौडिन पनि जान्दैन थिए। जहाज बिस्फोट हुनुभन्दा अगाडि नै उनले लाइफ ज्याकेट लिएर समुद्रमा हाम फालेका थिए।

पानीमा उनले करिब ८ स्क्वायर फिटको एउटा र्‍याफ्ट फेला पारे। त्यहाँ केही खानेकुरा र अलिकति पानी थियो। केही दिनमा त्यो पनि सकियो। त्यसपछि उनले लाइफ ज्याकेटमा वर्षात्को पानी जम्मा गर्न थाले।

टर्चलाइटबाट तार निकालेर माछा मार्ने बल्छी तथा खाना प्याकिङमा प्रयोग भएका टिनबाट चक्कु बनाए। उनी माछा मारेर आफ्नो गुजारा गर्दै उद्धारको प्रतीक्षामा थिए।

एकपटक समुद्री आँधीले जम्मा गरेको पानी तथा माछाहरू नष्ट गरिदियो। त्यसपछि एउटा चरालाई मारेर त्यसको रगतबाट तिर्खा मेटाए। त्यही चराको मासु चाराका रूपमा प्रयोग गरी एउटा सार्क माछा मारेर आफ्नो ज्यान जोगाए। अन्ततः ५ अप्रिल १९४३ मा उनलाई ब्राजिलको तट नजिकबाट माछा मार्नेले उद्धार गरे।

पुन लिमले लाइफ र्‍याफ्टमा समुद्रमा बिताएको समयका लागि विश्व रेकर्ड राखेका छन्। बेलायत फर्किएपछि राजा जर्ज छैटौंले उनलाई ब्रिटिस साम्राज्य पदक प्रदान गरे। आफ्नो विश्व रेकर्डको टिप्पणी गर्दै लिमले भनेका छन्, ‘मलाई आशा छ कि कसैले यो रेकर्ड तोड्नु पर्दैन।’ 
– एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here