परोहा र ईशनाथ नगरपालिकाले प्रादेशिक अस्पतालमा दुई जना स्टाफ पठाएर ।
चन्दन महतो
रौतहटको प्रादेशिक अस्पताल गौरको अध्यक्ष मोहम्मद अनवर हाशमीले अस्ती सबै नगरपालिकाको नगर प्रमुख , उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत ज्यु हरु संग आग्रह गरेका थिए ।
एक महिनाको लागि स्टाफ सहयोग गरिदिनको लागि सोहि अनुरुप आज परोहा नगरपालिकाले #श्रीआशाचौधरी( अ.न.मी. ) र ईशनाथ नगरपालिकाले #श्रीतलत_अंजुम (अ.न्न.मी.) लाई प्रादेशिक अस्पतालमा पठाई सहयोग गरेको छ ।
दुबै जना लाई प्रादेशिक अस्पतालको अध्यक्ष मो.अनवर हाशमी र अस्पतालको टिम द्वारा टिका र दोसाला ओढाएर सम्मानको साथ प्रादेशिक अस्पतालमा स्वागत गरेको छ ।
प्रादेशिक अस्पतालको अध्यक्ष मोहम्मद अनवर हाशमीले परोहा नगरपालिकाको मेयर शेख वकिल, र परोहा नपाको सम्पुर्ण कर्मचारीहरुलाई र ईशनाथ नगरपालिकाको मेयर श्रीमती कौशल्या देबी सिन्हा र प्रमुख प्रशासकीय अधिकृत भुदेव झा, लेखापाल मनोज ठाकुर लगायत सम्पुर्ण कर्मचारीहरुलाई बिशेष धन्यवाद ब्यक्त गरेका छन् ।






प्रतिक्रिया दिनुहोस्