पतञ्जली जग्गा प्रकरण अब अदालतको विषय बनिसक्यो : झलनाथ खनाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पतञ्जली जग्गा प्रकरण अब अदालतको विषय बनिसकेको बताएका छन् । 

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा खनालले पतञ्जली जग्गा प्रकरण अव अदालतको विषय बनिसकेकाले धेरै टीकाटिप्पणी गर्न उचित नहुने बताए ।

frontline

उनले नेपालको गणतन्त्र र शासन प्रशासनलाई पारदर्शी, जनमुखी र राष्ट्रिय हित अनुकूलको बनाउनका लागि धेरै काम गर्नुपर्ने देखिएको उल्लेख गरे । 

खनालले नेपाली समाजलाई सुखी र समृद्ध बनाउनका लागि गहन बहस गर्न जरुरी रहेको बताए । पतञ्जली जग्गा प्रकरणमा माधव नेपाल विरूद्ध विशेषा अदालतमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले बिहीबार मुद्दा दायर गरेकाे छ । 

#झलनाथ खनाल

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here