पकेट क्षेत्र र कृषि उपज बिक्री केन्द्र बिचको हारमोनी

देवघाट गाउँपालिका-१ को कोटामा कृषि उपज संकलन केन्द्र सञ्चालनमा

तनहुँको देवघाट गाउँपालिका-१ को कोटामा कृषि उपज संकलन केन्द्र एवं हाटबजार सञ्चालनमा ल्याइएको छ । वडा नम्बर १ कोटा स्थित हाटबजारको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष दुर्गवहादुर थापाले ‘हाम्रो देवघाट, समृद्ध देवघाट’ भन्ने मुल नारालाई आत्मासाथ गर्दै देवघाट गाउँपालिकाले एक वडा एक कृषि संकलन केन्द्र र एक वडा एक नमुना गाउँको निर्माण गर्ने लक्ष्य लिएको बताए ।

frontline

कृषि उपज संकलन तथा बिक्री केन्द्र संचालन

पोखरा–लुकुमस्वाँरामा कृषि उपज संकलन तथा बिक्री केन्द्र सञ्चालनमा आएको छ ।

पोखरा महानगरपालिकाको १० लाख रुपैयाँमा निर्मिण सो केन्द्रको शुक्रबार पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले उद्घाटन गरे । पुम्दीभुम्दी कृषिका लागि पकेट क्षेत्रको रुपमा चिनिँदैआएको छ ।

कार्यक्रममा मेयर जिसीले किसानका उत्पादन संक्रलन गरेर बजारमा बिक्री गर्ने जिम्मा महानगरले लिने बताए । संकलन केन्द्रमा संकलन भएको कृषि उपज बजार पु¥याउन १५ दिन महानगरले गाडीको भाडा उपलब्ध गराउने बताउँदै उनले भने, ‘केन्द्रको व्यवस्थापनको जिम्मा किसान आफैले गर्नुपर्छ । पहिलो चरणमा त्यसको ढुवानीको खर्च महानगरले व्यवस्था गर्छ ।’

मन्थलीमा पहिलो कृषि उपज संकलन केन्द्र संचालनमा

रामेछाप:   जिल्ला सदरमुकाम मन्थलीमा कृषि उपज संकलन तथा विक्रि केन्द्र संचालनमा आएको छ । पौरखि युवा कृषि सहकारी संस्थाले मन्थली नगरपालीका र फलफुल तथा तरकारी मुल्य श्रृखला विकास आयोजनाको आर्थिक सहयोगमा आईतबार बाट उक्त केन्द संचालनमा आएको हो ।

उक्त केन्द्रको आईतबार मन्थली नगरपालीका प्रमुख रमेश कुमार बस्नेतले एक समारोहका विच उद्घाटन गर्नु भएको छ । जिल्ला समन्वय समिति नजिकै मन्थली नगरविकास समितिको ट्रष्टमा संचालनमा ल्याईएको उक्त केन्दको काम गराईका आधारमा थप ब्यबस्थापनका लागी नगरपालीकाले भोलीका दिनमा पनि थप सहयोग गर्ने प्रमुख बस्नेतले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here