न्यून गुणस्तर रहेको पाइएको भन्दै दुई आयुर्वेदिक औषधि बिक्री–वितरणमा रोक

२७ मंसिर, काठमाडौं । औषधि व्यवस्था विभागले न्यून गुणस्तर रहेको पाइएको भन्दै दुई आयुर्वेदिक औषधिको बिक्री–वितरणमा रोक लगाएको छ ।

बिक्री–वितरणमा रोक लगाइएकामा गोर्खा आयुर्वेद प्रालिद्वारा उत्पादित अभिपत्तिकर चूर्ण ब्याच नम्बर २४ र भाष्कर हर्वास्युटिकल्स प्रालिद्वारा उत्पादित निर्मल चूर्ण ब्याच नम्बर ९००१ छन् ।

frontline

विभागले गरेको प्रयोगशाला परीक्षणमा यी दुई औषधि न्यून गुणस्तर भएको पाइएकाले बिक्री–वितरण तथा प्रयोगमा रोक लगाइएको विभागले जनाएको छ ।

318170543_532859985429942_3007041950178178544_n1670910949.jpg

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here