न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद
असोज, सर्लाही । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्यामा दोषी ठहर भएका फरार प्रतिवादी बाबु थापा पक्राउ परेका छन् ।
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका उनलाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बुधबार राति बागमती नगरपालिका–स्थित मिलनचोकमा रहेको घरबाट उनी पक्राउ परेका हुन् ।
सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक रविन्द्रनाथ पौडेलका अनुसार थापा घरमा आएको सूचनाका आधारमा उनलाई पक्राउ गर्न सफल भएको हो ।






प्रतिक्रिया दिनुहोस्