नेपाली स्याटेलाइटले अन्तरिक्षबाट सिग्नल दिन थाल्यो

फाइल तस्बिर

१ माघ, काठमाडौं । बिहीबार राति लन्च भएको नेपाली स्याटेलाइटले अन्तरिक्षबाट सिग्नल दिन थालेको छ। 

बिहीबार राति अमेरिकास्थित स्पेसएक्सको रकेटबाट प्रक्षेपण भएको नेपाली इन्जिनियरहरूले बनाएको सानोस्याट–१ ले प्रक्षेपण भएको दुई घण्टापछि सिग्नल दिन थालेको हो। 

frontline

नेपालमा नै निर्मित उक्त पिको–स्याटेलाइट (पकेट क्युब) स्याटेलाइट मिसनका  प्रोजेक्ट हेड ओरियन स्पेसका सीईओ राकेशचन्द्र प्रजापतिका अनुसार  स्याटेलाइटले बिटा–गामा विकिरण मापन गर्दै डाटाहरु ग्राउन्ड स्टेशनमा उपलब्ध गराउन थालिसकेको छ। 

यस स्याटेलाइटको मुख्य उद्देश्य सूर्यबाट वा अन्य ग्यालेक्सीबाट आएका विकिरणले अरु स्याटेलाइटलाई कस्तो क्षति गर्छ भन्ने रहेछ छ। जुन भविष्यमा विकास हुने स्याटेलाइटमा महत्वपूर्ण हुनेछ।

‘म लगायत मेरो टिम एकदमै खुशी छौं। राति अबेरसम्म बसेर हामीले डाटाहरु लिन लिएका छौं,’ प्रजापतिले भने, ‘हामीले यो अभियानका सुरुवात गर्दा नेपालमै प्रक्षेपणका लागि स्याटेलाइट निर्माणको काम हुन्थेन।

त्यो अवस्थाबाट सुरु गरेका हामीले बिहीबार राति प्रक्षेपण गरेका छौं। आँट गरियो भने गर्न सकिँदो रहेछ भन्ने यो उदाहरण बनेको छ।’

ओरियन स्पेस, नेपालले बनाएको उक्त स्यटेलाइटको आकार ५० मिलीमिटर लम्बाइ, ५० मिलीमिटर चौडाइ र ५० मिलीमिटर उचाई र वजन २५० ग्राम छ। यसले पृथ्वीलाई ५०० किलोमिटर व्यासार्ध को कक्षामा परिक्रमा गर्नेछ।

झण्डै ५ वर्ष लगाएर नेपाली इन्जिनियरहरुले बनाएको उक्त स्याटेलाइटबाट बिहीबार राति भक्तपुरस्थित ग्राउन्डस्टेशनबाट जितेन थापा, सौरभ पौडेल, ऋषभमणि शर्मा​लगायत इन्जिनियरहरुले डाटा रिसिभ गरेका थिए।

नेपालमै निर्माण भएर अन्तरिक्षमा प्रक्षेपण भएको यो पहिलो स्याटेलाइट समेत हो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here