नेपालभरिमा राष्ट्रिय बाल दिवस मनाइयो।
मेवालाल यादव ।
बाल बालिकामा लगानी, सुनिश्चित भबिष्यको थालनी’भन्ने नाराका साथ आज बाल दिवस मनाइँइयो। नेपालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो । त्यसयता हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाइँदै आइएको छ ।GEC Ukaid तथा people in need पिन नेपालको प्राबिधिक सहयोगमा समाजिक संघसंगठनका जिल्ला समन्वय समितिको sodcc para र आसमान नेपालको साझेदारीमा संचालित आरम्भ प्रयोजना अन्तर्गत बालिका तथा समावेशी शिक्षा संजाल मा. वि. धनारी धर्मपुरको अगुवाईमा ५९ ओौ बाल दिवसमा हाजिरी जवाफ प्रतियोगिताको साथ मनाइयो।
उक्त कार्यक्रममा सो बिधालयका अध्यनरत छात्र- छात्रा गरि २० जनाको सहभागिता रहेको र त्यसमा प्रथम , दितिय, त्रुतिय सन्तवना स्थान हासिल गर्नेहरुलाइ सहयोगी संघसंगठनकाद्वारा पुस्तकृत गरिएको समाजिक परिचालन राम बचन अधिकारीले बताए ।
बालदिवस कस्तो हुनुपर्दछ त र? बालदिवस कसरी मनाउनुपर्दछ र? यो आम रुपमा उठिरहेको बिषय हो । तर पनि हामीले बालदिवसलाई औपचारिकतामा मात्रै सीमित गरिरहेका छौं कि खासगरी बालबालिकाको निम्ति चाहिने आधारभूत हकअधिकार वा उनीहरूको संरक्षणको सवालमा हामीले कति उपलब्धी हासिल गर्न सक्यौं वा सकेनौं ।त्यस्ता पक्षले पनि राष्ट्रिय बालदिवसको सार्थकतालाई मापन गर्न सकिन्छ । बालदिवस आफैमा एउटा महत्वपूर्ण दिवस हो । झण्डै आधाआधी जनसङ्ख्या ओगटेका बालबालिकालाई मान्यता दिएर बालबालिकाकै दिवसका रुपमा सम्पन्न गर्न खोज्नु राम्रो पक्ष हो ।कुनै पनि दिवस आफैमा एउटा परम्पराको रुपमा पनि लिन सकिन्छ । तर त्यसमा अहिलेको परिवर्तन र नयाँ नेपालको दृष्टिकोणका त्यसलाई पुनर्परिभाषित गरिनुपर्दछ । तिनीहरूको पुनर्ब्याख्या गरिनुपर्दछ ।नयाँ दृष्टिकोण अपनाएर बालदिवस मनाउनुको सार्थकतालाई बुझाउन सक्नुपर्दछ । त्यसको साथै बालअधिकारको बिषयमा के कस्ता राम्रा काम गर्यौं कति उपलब्धी प्राप्त गर्यौं कति चुनौतीहरू आए प्रतिबद्धता पूरा भए कि भएनन् जस्ता कुराहरूको समीक्षा हुनु पनि जरुरी छ । अहिलेको सन्दर्भमा बालसहभागिताको कुरा गरिराखेको छौं ।ती कुराहरू सहज र सरल भाषामा उनीहरूबीच अन्तरक्रिया गर्ने काम गर्नुपर्दछ । बाल सहभागिताकै दृष्टिकोणबाट कुरा गर्ने हो भने त्यस्ता कार्यक्रम तर्जुमा गर्दा उनीहरूको साथमा बसेर कार्यक्रमको उद्देश्य के हो प्रक्रिया के हो र उनीहरूलाई त्यो त्यसमा कसरी समावेश गर्ने भन्ने सोच्नु अनिवार्य छ ।
बालबालिकाहरुको अन्तरनिहित प्रतिभालाई प्रस्कृत र तिनीहरुको क्षमता अभिबृधी गर्ने हो भन्ने संचालन गरिएको कार्यक्रम रौतहट जिल्ला विभिन्न बिधालय तथा प्राइभेट बिधालयमा बाल दिवस मनाएका छन ।जस्तै परोहा ,बौधिमाइ , राजपुर , इशनाथ , देवाही होनाही , फतुवा बिजयपुर , गौर गुजरा , माधवनारायन, गढिमाइ, बृदावान, चपुर, गरुडा दुर्गाभगवती , यमुनामाइ, राजदेवी नगरपालिका तथा गाउँपालिका लगायत प्राइभेट गौर एकेडेमी बोर्डिङ स्कुलमा पनि खाजा वितरणका साथ बाल दिवस मनाइएका छन् ।सो कार्यक्रममा शिक्षक रामबाबु साह , रामइश्वर यादव, नागेन्द्र पासवान , सिकिन्द्र यादव, सुरेश कर्ण , शिक्षीका लगायत बालबालिकाहरुको उपस्थिति रहेको थियो
प्रतिक्रिया दिनुहोस्