नेपालबाट सरकारी संयन्त्र मार्फत श्रमिक लैजान मौरिसस तयार

१५ कात्तिक, काठमाडौं । नेपालबाट सरकारी संयन्त्र (जीटुजी) मार्फत श्रमिक लैजाने मौरिसस तयार भएको छ ।

श्रमिकको लागत रोजगारदाताले नै बेहोर्ने गरी सरकारी संयन्त्र मार्फत नेपालबाट श्रमिक लैजान मौरिसस तयार भएको हो ।

frontline

नेपाली श्रमिकका लागि सुरक्षित, मर्यादित र रोजगारदाताले लागत बेहोर्ने सिद्धान्तबाट वैदेशिक रोजगारीका अवसर विस्तार गर्ने उद्देश्यले नेपाल र मौरिससबीच सरकार–सरकार प्रणाली मार्फत श्रमिक लैजाने प्रक्रिया अघि बढेको छ ।

नेपालको प्रस्तावलाई मौरिससले जीटुजी प्रणाली मार्फत लैजाने सहमति रहेको जानकारी गराएको युवा, श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here