नेपाल आइपुगे ७ देशका कन्टेन्ट क्रिएटर, पोखरा, चितवन र बर्दिया जाने
१५ कात्तिक, काठमाडौं । नेपाली पर्यटनलाई अन्तर्राष्ट्रिय डिजिटल प्ल्याटफर्म टिकटक मार्फत् प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा ७ देशका ट्राभल कन्टेन्ट क्रिएटर नेपाल आएका छन् ।
फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, यूएई, बंगलादेश र श्रीलंकाका क्रिएटरलाई नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक गतिविधि तथा पर्यटनका विविध अनुभव विश्वभरिका दर्शकमाझ पुर्याउने उद्देश्यले उनीहरूलाई नेपाल बोलाइएको हो ।






प्रतिक्रिया दिनुहोस्