निर्माणाधीन विन्ध्यवासिनी मन्दिरको अनुगमन चन्द्रागिरी नगर

चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले वडा नम्बर १० सतुंगलमा निर्माणाधीन विन्ध्यवासिनी मन्दिरको अनुगमन गरेका छन् ।  नगर प्रमुखसहितकाे वडा अध्यक्ष तथा कर्मचारीले  मन्दिरको पहिलो तल्लाको ढलान कार्यको अनुगमन गरेका हुन् । 

पहिलो तल्लाको ढलान कार्य नगरपालिका र निर्माण समिति को ५०/५० लागत सहभागितामा सम्पन्न हुन लागेको उनले जानकारी दिएका छन् । उनका अनुसार सो मन्दिर निर्माण गर्नको लागि नगरपालिकाको तर्फबाट  त्रिचालिस लाख रुपैयाँ रुपैया बजेट विनियोजन भएको थियो भने त्यतिनै रकम समितिले ब्योहोर्ने गरी योजना सम्झौता भएको हो। 

frontline

अनुगमन पश्चात मन्दिर परिसरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस मन्दिरको निर्माणले सो वडाको साथ साथै सम्पूर्ण नगरकोनै धार्मिक पर्यटनमा नौलो आयाम थपिने कुरा बताए । यस मन्दिर निर्माण कार्यमा नगरबाट हुनु पर्ने साथ सहयोग र सहजीकरणको पनि प्रतिबद्धता उनको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here