नागार्जुन काण्डका अनेकन नेक्सस

काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत अख्तियारले मुद्दा दायर गरेलगत्तै स्वतः निलम्बित भएका छन् । पौष १४ गते अख्तियारले विशेष अदालतमा मुद्दा दायर भएसँगै बस्नेतको विषयमा अनेकन टिप्पणी हुन थालेका छन् । नागार्जुनतिरै चलेको चर्चाअनुसार उनलाई पार्टी राजनीतिदेखि नगरपालिकाको निर्वाचनमा समेत अराजक र उद्दण्ड भएकाले ठेगान लगाउनुपर्ने पार्टीभित्रैबाट योजना बनेकोदेखि राम्रो रकम संकलन गरिसकेकाले विशेष अदालतबाट आफू धोइपखाली भएर चर्चामा आउन आफ्नै पार्टीको सरकार भएका बेला सफाइसम्मको सेटिङ भइसकेको चर्चा पाइन्छ । 

यसअघि स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतविरुद्ध जस्ता मुद्दा परे पनि विशेषले सफाइ दिएकाले पनि अब अख्तियारको मुद्दाप्रति जनताको भरोसा टुट्न लागेजस्तो समेत छाप परिरहेको छ । यस्तो टिप्पणी आउनु पछाडिको रहस्य हो, अहिले पनि निलम्बित मेयरको फुर्तीफार्ती र नगरपालिकामाथिको छायाँ । नगरपालिकाको कार्यवाहक मेयर भएकी सुशीला अधिकारीले विभिन्न स्रोतमार्फत निलम्बित मेयरकै सल्लाहमा नगरपालिकाका नियमित काम तथा नगर अधिवेशनको तयारीका काम गरिरहेकी छन् । 

frontline

बस्नेतको दाहिने हात बनेर अहिले घरदेखि कार्यालयसम्मको सम्पूर्ण चाँजोपाँचो मिलाउने काम आठौं तहका अधिकृत नारायणप्रसाद तिमल्सिनाले गरिरहेका छन् । कर्मचारी प्रशासन र जिन्सी शाखाको जिम्मेवारी लिएका उनी छायाँ मेयर मानिन्छन् । इचंगुनारायण गाविसका सहायक रहेका उनले नगरपालिका भएदेखि नै नगरप्रमुखको सचिवालयदेखि प्रशासन शाखा, जिन्सी शाखा, राजस्व शाखाजस्ता महत्वपूर्ण शाखाहरूको जिम्मेवारी लिइरहेका छन् । उनी कर्मचारीतर्फ सम्पूर्ण परिचालन गरी मेयरको निर्देशनका काम गराउने गर्छन् । 

घरजग्गा व्यवसायी पद्या कोलोनी प्रालि र पद्मा मर्चेन्ट कम्पनी प्रालि, जगदगुरु कृपालु प्रतिष्ठानलगायतलाई घरजग्गा व्यवस्था गर्ने, वैदेशिक अनुदान प्राप्त गराउने र सार्वजनिक जग्गा मिलेमतोमा भोगचलन गराउनेलगायत विभिन्न अभियोगमा जोडिएका बस्नेतलाई बाहिरी प्रभाव वृद्धि गराउने मतियारको रूपमा माउन्टेन टिभीका साहुजी राजुप्रसाद कँडेल र उनको नेक्ससका केही संयन्त्र लागेका छन् । कँडेल दम्पतीले नै विभिन्न कामको ठेक्का लिएर बस्नेतबाट पत्ते गराएको पाइएको छ । सम्पति शुद्धीकरण गरेको अभियोगसमेत जोडिएका बस्नेतले निरन्तर स्वयम्भूको मिस्टिक बुद्ध होटलबाट घुससम्बन्धी डिल गर्नेदेखि रकम लेनदेनसम्म गरेको पाइएको छ । उक्त होटलमा बसेर उनले कोर टिमका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीसहित विभिन्न कामसँग सम्बन्धित व्यक्तिसँग डिल गर्ने गरेका थिए । घुस लिने तरिका पनि गज्जबकै रहेछ । छोराको बिहे खर्चसमेत भुक्तानी गर्न लगाउने उनले फोहोरमैला संकलन गर्ने कम्पनीदेखि गाडी तथा विभिन्न सवारीसाधन सप्लाई गर्ने कम्पनी र कन्सल्टेन्सी कम्पनीबाट समेत रकम लिने गरेको पाइएको छ । 

सुशीलालाई सकस 

अख्तियारले मुद्दा दायर गरेसँगै उपप्रमुख सुशीला अधिकारीलाई सकस बढेको छ । एक त बस्नेतसँग मिलेर पहिलो कार्यकाल शानदार रूपमा सञ्चालन गरेको र दोश्रो कार्यकालमा एमालेविरुद्ध कांग्रेस माओवादी र समाजवादी मिली चुनाव लड्दा पनि उपमेयर जितेको कारण भएकाले नागार्जुनका सबै बेथितिमा सुशीलाको संलग्नता वा मौन समर्थन रहेको आरोप छ । यसले उनलाई प्रत्यक्ष नजोडिए पनि अप्रत्यक्ष रूपमा दबाब त पक्कै बढेकै हुनुपर्छ । यस्तै सकस थपिएको छ कर्मचारी र आफूनिकट अल्पमत जनप्रतिनिधिको कारण नगरपालिका सञ्चालन गर्नु । 
नगरपालिकामा वडा नं १ का रामेश्वर लामा, वडा नं ४ का लक्ष्मीराम शर्मा पौडेल, वडा नं ६ का देबेन्द्रराज गिरी, वडा नं ९ का रामकृष्ण भट्टराई र वडा नं १० का सुन्दरबहादुर केसी गरी ५ वडा कांग्रेसले जितेको हो भने वडा नं ५ मा राप्रपाका महेश रिमाल छन् । ४ वटा वडा जितेको एमालेकै तर्फबाट दोश्रोपटक उपमेयर भएकी सुशीलालाई नगरपरिषद््को सम्मुखमा आइलागेको कार्यवाहक हर्ष न विस्मातको त छँदै छ आशंका र अप्रत्यासित परिणामको चपेटाले पनि उस्तै च्यापेको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here