धादिङको गजुरी सडक खण्ड आज राति ११ बजेदेखि बिहान ५ बजेसम्म पूर्ण रूपमा बन्द हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५, गलौंदी क्षेत्रमा आज (सोमबार) रातिदेखि सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले सोमबार एक सूचना जारी गर्दै सडक मर्मतका लागि रातिको समयमा यातायात सञ्चालनमा रोक लगाएको हो ।

कार्यालयद्वारा जारी सूचनाअनुसार, आज (२०८३ असोज २६ गते सोमबार) राति ११ः ०० बजेदेखि भोलिपल्ट बिहान ५ः ०० बजेसम्म उक्त मार्ग हुँदै चल्ने सम्पूर्ण सवारी साधनको आवागमन बन्द गरिनेछ ।

frontline

यसअघि त्रिशूली नदीको कटानका कारण उक्त क्षेत्रमा सडक भासिएको थियो ।भासिएको सडकलाई सामान्य मर्मत सम्भार गरी दुईतर्फी सञ्चालनमा ल्याइएको भए पनि, सडकमा थप मर्मतको कार्य गर्नुपर्ने भएकाले रातिको समयमा सवारी आवागमन रोक्नुपरेको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here