धनकुटामा कुकुरको टोकाइबाट एकै दिन १५ जना घाइते

सान्केतिक तस्बिर

१९ पुष, धनकुटा । धनकुटामा सोमबार दिउँसो कुकुरको टोकाइबाट एकै दिन १५ जना घाइते भएका छन् ।

घाइतेमध्ये धनकुुुटा नगरपालिकाको चुुलिवन, माथिल्लो कोप्चे, तल्लो कोप्चे र बालमन्दिर घर भएका १२ जना धनकुटा अस्पतालको सम्पर्कमा आएको जिल्ला अस्पताल धनकुटाका सुचना अधिकारी राजन पोख्रेलले जानकारी दिनुभयो ।

frontline

अस्पतालको सम्पर्कमा आएकामध्ये कुुकुुरको टोकाइबाट गम्भीर घाइते ६ वर्षीय बालक र ९० वर्षिया महिलालाई थप उपचारका लागि धरान पठाइएको छ ।

१० जना घाइते धनकुटा अस्पतालमा उपचारपछि घर फर्केका छन् । टोक्ने कुकुरको खोजी भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here