दौडबाटै ‘राजा’ छान्ने १२औँ लिगलिग दौड
गोरखा जिल्लाको पालुङटार नगरपालिकामा अवस्थित लिगलिगकोट समुद्री सतहदेखि करिब १ हजार ४३७ मिटर उचाइमा रहेको ऐतिहासिक, पुरातात्त्विक तथा पर्यटकीय स्थल हो। आधुनिक नेपालको एकीकरणको प्रारम्भिक इतिहाससँग गहिरो सम्बन्ध राख्ने यस स्थलको आफ्नै विशिष्ट ऐतिहासिक, सांस्कृतिक र राजनीतिक महत्त्व छ। विशेषगरी, दौड प्रतियोगितामार्फत राजा छनोट गर्ने परम्पराले लिगलिगकोटलाई नेपालको इतिहासमा विशिष्ट पहिचान दिएको छ।
लोपोन्मुख बन्दै गएको ऐतिहासिक परम्परा र सांस्कृतिक सम्पदाको संरक्षण, साहसिक खेलकुदको प्रवर्द्धन तथा स्थानीय पर्यटनको विकास गर्ने उद्देश्यले वि.सं. २०६७ देखि आधुनिक स्वरूपमा लिगलिग दौड प्रतियोगिता सञ्चालन हुँदै आएको छ। यस वर्ष पालुङटार नगरपालिकाको आयोजनामा १२औँ लिगलिग दौड प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको छ। यस प्रतियोगिताले ऐतिहासिक विरासतलाई वर्तमान पुस्तासँग जोड्नुका साथै पालुङटार र समग्र गोरखाको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउँदै आएको छ।
चेपेघाटदेखि लिगलिगकोटसम्म
लिगलिग दौडको सुरुवात चेपेघाटबाट हुन्छ, जहाँ चेपे र मर्स्याङ्दी नदीको सङ्गम रहेको छ। त्यहाँबाट गोरखाको पालुङटार नगरपालिकास्थित ऐतिहासिक लिगलिगकोटको कालिका मन्दिर परिसर तथा दरबार क्षेत्रसम्म पुग्ने यस दौडको दूरी करिब १३.८ किलोमिटर रहेको छ।






प्रतिक्रिया दिनुहोस्