देशको संकटको प्रमुख कारण राजनीति/दल/नेतृत्व स्खलन : डा.भट्टराई

काठमाण्डु । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले पार्टीहरुलाई आमूल रूपान्तरण गर्न आँट गर्नुपर्ने बताएका छन्।

राजनीतिक दल र त्यसको नेतृत्वको स्खलन हुनु नै देशको संकटको प्रमुख कारण रहेको जनाउदै उनले ट्वीटमार्फत कांग्रेस, कम्युनिष्ट र समाजवादी रूपान्तरण हुनुपर्ने बताएका हुन ।

frontline

देशको समस्या एकातिर रहेको बताउँदै उनले समाधान अर्कोतिर खोज्न नहुने भन्दै पार्टीहरूलाई नयाँ बनाउन आँट गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्— ‘भनिन्छ-टाउकाको ओखती नाइटामा लगाएर हुन्न! अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति/दल/नेतृत्वको स्खलन नै हो।

कांग्रेस ‘कांग्रेस’नरहनु; कम्युनिष्ट ‘कम्युनिष्ट’नरहनु; समाजवादी ‘समाजवादी’नरहनु! कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाॅ बनाउने आट गरौं! नत्र समयले कसैलाई पर्खन्न है!,’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here