देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
शुक्रबार, काठमाडौं । शुक्रवार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश नं १, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
त्यस्तै, राती देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ ।
प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ ।
जसका कारण नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले त्यस क्षेत्रका बासिन्दामा अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस्