दिनभर तनावग्रस्त नयाँ बानेश्वर सडक सञ्चालनमा
८ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गरेको विरोधमा आइतबार दिनभर तनावग्रस्त रहेको नयाँ बानेश्वर क्षेत्रको सडक साँझदेखि सञ्चालनमा आएको छ ।
संसद भवनलाई केन्द्रित गरी विभिन्न राजनीतिक दलका कार्यकर्ताले प्रदर्शन गरेपछि प्रहरीले विहान १० बजेपछि नै माइतीघरदेखि तीनकुनेसम्मको सडकमा सवारी साधन सञ्चालनमा रोक लगाएको थियो ।
यो सडकमा चल्ने सवारी साधनलाई प्रहरीले माइतीघर र तीनकुनेबाट अर्कै सडकतर्फ पठाउने गरेको थियो ।
प्रदर्शनकारी घट्दै गएपछि साँझ ५ बजेदेखि यो सडकमा पुन: गाडी चल्न थालेका छन् । दिनभर प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा बानेश्वरदेखि विजुलीबजारसम्मको सडकमा इँट्टा ढुंगा थुप्रिएका थिए ।
प्रतिक्रिया दिनुहोस्