स्तम्भ दिक्षा दिदि भाग ६ माया उपाध्याय

सुन्दर प्रकृतिको खानी मेरो देश

बिहानीको उषा किरण त्यो रोषनी,ती मोती दाना जस्तै टल्किएका सितका थोपाहरू,मधुर मुस्कान सँगै प्रकृतिले लठ्ठ बनाउँदै चुमिरहेको त्यो सितल अमृतसरी हावा चुक घोप्टिएको जस्तो त्यो कालो रातलाई चिर्दै उमङ्ग लिई उदाउँदै गरेको सूर्य,वर्षौंको बिछोड पछि भेट भएका प्रेमप्रेमिका जस्तै अथाह खुसी प्रकट गर्दै सेता दन्त्य लहर देखाई खित्का छोडेर हाँसेको भान हुने त्यो स्वच्छ हिमालको दृश्य जटिल रोगका अौषधी यहीँ स्वर्ग भनौं वा मेरै जन्मभूमि नेपालकै उच्च हिमाल र पहाड रहेको छ। प्रकृतिले सुन्दर जहाँ कतिपय रोगहरू त यहीँ स्वर्गीय हावाले नै ठीक हुन सक्ने। सुन्दर श्रृङ्गारले सजिएको हिमाल,पहाड र तराईका समथल फाँटहरूजति बयान गरे पनि कम हुने।

frontline

ती खोला,छहरा,नदि,ती पहाडका उच्च स्थानमा रहेका पानीका सुन्दर मुहानहरू। हेर्दै आश्चर्य लाग्ने दृश्य सुख्खा पहाडका डाँडामा फुटेका पानीका मूलहरू। यस्तो प्रकृतिले दिएको संरचना के यसलाई किन्न सकिन्छ वा पैसा खर्च गरेर बनाउन सकिन्छ।यस्तो देशमा जन्मिएका हामीले सधैं अर्काको दास बन्नमै आफ्ना पसिना बेचिरहेका छौँ। यसप्रति कसैको चासो र गुनासो नभएरै हो त हिजोका दिनहरू जेजसरी गुज्रिए पनि युवापुस्ताहरूको ध्यान आजदेखिनै यस्ता कुरामा पुग्न सक्यो भने भावि पुस्तालाई दुई छाकको गर्जो टार्नकै लागि विदेशी भूमिमा परिवारको अभावमा छट्पटाउनु पर्ने छैन्। यस्तो प्रकृतिको बरदानलाई रुवाएर बुढाबुढी बाबाआमा,बिबाह गरेको एक हप्ता नहुँदै,आइरहेका महान चाँडलाई बाईबाईका हात हल्लाउँदै आँखाभरि आँसुका दह रोक्ने कोसिस गर्दै,मुटुमा ढुङ्गो राखेर विदेशीन बाध्य भएका छन् ती कलकलाउँदा ठिटाहरू।

यति धेरै अवसर हुँदाहुँदै पनि यसरी टाढीनु पर्ने। कसरी हुन्छ अवसरको सदुपयोग। डिग्रीको प्रमाणपत्र दराजमा थन्क्याएर मरुभूमिको त्यो रापमा जल्नु के रहर नै हो तयसतर्फ गहिरो अध्ययन गरेर चिन्तन,मनन गर्ने कस्लेरु हुन त हामी जनता पनि मूर्ख नै छौँ।हामी जस्ता जनताले रोजेको नेतृत्व कस्तो होला र कुन दिन यो देशले मुहार फेर्ला।त्यसको सर्वप्रथम जनतानै सचेत र बिद्वान हुन जरुरी छ जस्तो लाग्छ।यतिबेला मलाई हिटलरले दिएको एउटा उदाहरणमा हामी नेपाली जनताको रोजाईले मेल खाएको लाग्यो। हिटलरले एउटा कुखुराको भालेको सबै पखेटा एकएक गरि उखेलेर सक्छन् र त्यो भालेलाई आफ्नो हातले केही दाना जमिनमा राखिदिन्छन्। विचरा भालेले खान थाल्छ। दाना खसाल्दै हिटलर अगाडि बढ्दै गर्दा भाले पनि खाना पाउने आसमा उनकै पछि लागेर जान्छ। हो यस्तै अबस्थाका हामी जनता आफ्नो देश र आफू रित्तिदा पनि अझै केही हुन्छ कि भन्ने आस राख्दै नेताका पछि लाग्न छाड्दैनौ। अब कसरी हुन्छ परिवर्तन यसको लागि हामी जनता नै सक्षम हुनपर्ने होकि१जबसम्म हामीले सहि नेतृत्व चुन्न सक्दैनौं। त्यतिबेलासम्म हाम्रो अबस्था भनेको त्यहीँ कुखुराको भालेको जस्तै हो। ओहो लेख्दालेख्दै म त कताकता अल्मलिएछु। भोलीको बडा दशैं एकपटक गहिरिएर सोच्न मन लाग्यो। कति रमाइ रहेका छन्,कति रोइरहेका छन्। कसैको घरमा एक छाक खान र एक सरो लाउनसम्म धौधौ छ भने कतिका घरमा रमझम छाएको छ। कति मातृभूमि टेक्न नपाएको पीडाले विदेशी भूमिमा छट्पटाइ रहेका छन्।

सबै आआफ्नै पीडा छन्।एक किसिमले हेर्दा त हामी मानव भन्ने नै राक्षस रहेछौं जस्तो लागि रहेको छ। आफू खुसी हुन अरूको प्राण लिएका छौँ। अर्काकै शरीर मारेर रमाइ रहेका छौँ। कति स्वार्थी छौँ है हामी। कति टुहुरा बालबालिका आफन्तको आभावमा रोइरहेका छन्,कति बृद्धअबश्थाका बुबाआमा खाली सडकमा सन्तानको यादमा आँसु झार्दै भोको पेट मिचेर दिनरात छट्पटीनु भएको छ त कति बुबाआमा बृद्धाश्रममा सन्तानको यादमा भावबिहल बन्नुपरेको छ। यसरी हेर्दा त चाडपर्व आउनु भन्दा नआएकै बेस लाग्यो। यता भने दीक्षा सधैं जसो दीक्षितको आसमा दशकौ बिताएर पनि अझै उसको त्यो न्यानो माया र अबोध स्पर्शलाई आफ्नो मानसपटलमा यादगर बनाएर कब्जा गरिरहेकी छन्।खै के फर्किएला र उसको जिन्दगीको त्यो पल। उसलाई नपाए पनि सधैं उसकै यादलाई बाँच्ने आधार बनाएर संघर्ष पूर्ण जीवन बिताइ रहेकी छन् उनलाई चाँडपर्वले नै रुवाएर जाने गरेका छन्। अरू रमाउने बेलामा उनी सधैं एकान्त ठाँउको खोजीमा हुन्छिन्। उनी बाहिरी वातावरण नियाल्नसम्म चाहाना राख्दिनन्।बन्द कोठा नै होस्। त्यो ठाँउमा अरूको आगमन नहोस् जसले उनलाई दीक्षितको यादलाई बसमा राख्न सकोस्। कसैको जोडि हेर्दा पनि उनलाई उसकै यादले नझस्काओस्। हुन त सबैको भाग्यमा आफुलाई माया गर्ने मान्छे होस्,सबैले यहीँ चाहाना राख्ने गर्दछन्। तर भइदिन्छ उल्टो।यस्तै भएको छ दीक्षाको जीवनमा पनि दुई बच्चा टुहुरा र दीक्षाको सिउँदो उजाडिएको छ।अब यी चाड पर्व आउँदा मिठो याद मात्रै बाँकी रहेको छ। सधैं एउटै प्रश्नको उत्तर नभेटिने भएको छ।बच्चालाई दिने उत्तर मम्मि हाम्रो बाबा कहिले आउनुहुन्छ।यसको उत्तर कुनै पानामा नभेटिने भएको छ।यी र यस्तै समस्याहरू देख्दा त चाड पर्वहरू नआएकै राम्रो लाग्यो मलाई पनि। हो हामीले गर्ने अनावश्यक खर्च संकलन गरेर पीडितका घाउमा मलम लगाने बानीको विकास होस्। अरूलाई रुवाएर हाँस्ने भन्दा पनि दुखीको हाँसोमा रमाउँने बानीको विकास होस्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here