दसैँपछिको पहिलो दिन घट्यो सेयर बजार, ४ अर्बमाथिको कारोबार

काठमाडौं । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ। नेप्से परिसूचक ४.३४ अंकले घटेर २६२९.८२ विन्दुमा बजार बन्द भएको छ।

समयको सुरुवाती चरणमा वृद्धि देखिए पनि अन्तिम प्रहरसम्म आइपुग्दा नेप्से रातो हुन पुगेको हो । दसैँ बिदापछि पहिलो दिन खुलेको बजारमा यो गिरावट देखिएको हो ।

frontline

आज बजारमा कुल ३४१ कम्पनीका १ करोड ३ लाख ४३ हजार ७०९ कित्ता सेयर किनबेच भएका छन् । दिनभरमा कुल ३८ हजार ७८८ पटकको कारोबारबाट ४ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका कम्पनीहरूमध्ये ९९ कम्पनीको मूल्य बढेको छ । १७१ कम्पनीको मूल्य घट्दा ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

सामान्य अंकले घटेको बजारमा पनि केही कम्पनीको सेयर मूल्यमा भने उत्साहजनक वृद्धि देखिएको छ। आज बेनी हाइड्रोपावरका सेयरधनीले सर्वाधिक नाफा कमाएका छन् । यो कम्पनीको मूल्य १४.९९ प्रतिशतले बढेको छ ।

आज सर्वाधिक गुमाउनेमा चिर्खाखोला जलविद्युतको अग्रस्थानमा रहेको छ। यस कम्पनीको सेयर मूल्य ७.९२ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज घलेम्दी हाइड्रोपावरको सेयर सर्वाधिक किनबेच भएको छ। यसको २३ करोड ६६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो।

दोस्रो स्थानमा रहेको शिवम सिमेन्ट्सको २० करोड ५८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here