दसैँका बेला यात्रा गर्ने महिलाले अब चालक छेउको क्याबिन सिटमा बस्न नपाउने

दसैँका बेला यात्रा गर्ने महिलालाई चालक छेउको क्याबिन सिटमा बस्नेगरी टिकट नदिन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आग्रह गरेको छ। 

महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले दसैँका बेला महिलालाई चालकको छेउमा रहेको क्याबिनमा बस्ने गरी टिकट नदिन यातायात व्यवसायीलाई आग्रह गरेका हुन्। 

frontline

दसैँमा यात्रुको चाप बढ्ने र टिकट अभाव हुन सक्ने अवस्थालाई ध्यान दिँदै महिलालाई चालकको छेउको क्याबिनमा यात्रा गराउने गरी टिकट बिक्री नगर्न व्यवसायीलाई आग्रह गरिएको अध्यक्ष सिटौलाले जानकारी दिएका छन्। 

चालक छेउको क्याबिन सिटमा महिलाहरु बस्दा सवारी दुर्घटनाको जोखिम बढ्ने तर्क गर्दै अध्यक्ष सिटौलाले यस्तो आग्रह गरेका बताइएको छ। तर, महिला अधिकारकर्मीहरुले भने सिटौलाको भनाईको आलोचना गरेका छन्। 

दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आजबाट खुला भएको छ। 

टिकट बुकिङ खुला भएसँगै काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा टिकट काट्ने सर्वसाधारणको शुक्रबार बिहानैदेखि भिड लागेको छ।

विशेषगरी लामो दूरीका सवारीसाधनको टिकट लिन यात्रुहरू बिहानैदेखि टिकट काउन्टरमा पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here