दशैंमा पूर्वी नेपालका घुम्नुपर्ने पर्यटकीय गन्तव्यहरू
दशैंको आगमनसँगै गाउँघरमा चाडपर्वको रौनक बढ्न थालेको छ । बजारमा किनमेल गर्नेको चहलपहल बढेको छ भने लामो बिदाको सदुपयोग गर्दै परिवार र आफन्तसँग घुमफिर गर्दैछन् ।
दशैं पारिवारिक भेटघाट र रमाइलोमा सीमित नभई प्रकृति, संस्कृति र नयाँ ठाउँको अनुभव लिने अवसर पनि हो ।
यही अवसरमा पूर्वी नेपालका प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेका पर्यटकीय स्थलको भ्रमणले बिदालाई थप अविस्मरणीय बनाउन सक्छ ।
पूर्वी नेपालका तराई, पहाड र उच्च पहाडी भूभागमा प्राकृतिक विविधतासँगै मौलिक संस्कृति, धार्मिक आस्था र ऐतिहासिक सम्पदा फैलिएका छन् ।






प्रतिक्रिया दिनुहोस्