त्रिशूली–३ ‘ए’ को सुरुङबाट जीवितै उद्धार

गत बुधबार भोटेकोशी नदीमा आएको बिनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। सुरुङभित्र फसेकाे अवस्थामा रहेका सञ्जय साह र कविर महर्जनको नेपाली सेनासहितको प्राविधिक टोलीले सकुशल उद्धार गरेको हो।

आयोजनास्थलमा खोजी तथा उद्धारमा निरन्तर खटिएको सुरक्षाकर्मी र प्राविधिक टोलीले बिहान सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत पाएका थिए। इन्जिनियर श्रीराम न्यौपानेका अनुसार आवाजको संकेत मिल्ने बित्तिकै नेपाली सेनाको टोलीले उद्धार कार्यलाई तीव्र पारेको थियो।

frontline

उद्धार टोलीकाे अथक प्रयासपछि सुरुमा सञ्जय साह र त्यसको केही समयपछि अर्का व्यक्ति कबीर महर्जनलाई पनि जीवितै बाहिर निकालिएकाे छ। बाढीकाे गएकाे १०दिन पछि सुरुङबाट जीवितै उद्धार गरिएका दुवै जनालाई तत्काल आवश्यक स्वास्थ्य परीक्षण र उपचारका लागि पठाइएको छ। आयोजना क्षेत्रमा उद्धार टोलीले अझै पनि खोजी कार्य जारी राखेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here