तिल गाउँको बाढीको कारण पत्ता लगाउन विज्ञको टोली हुम्ला आइपुग्यो

News Summary

Generated by OK AI. Editorially reviewed.

  • हुम्लाको नाम्खा गाउँपालिकाको तिल गाउँमा बाढी पहिरोको कारण पत्ता लगाउन सरकारी टोली हुम्ला आएको छ।
  • राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका टोलीले प्रभावित क्षेत्रमा अध्ययन गर्नेछ।
  • बाढीको कारण पहिचान गर्न वैज्ञानिक टोलीले प्रभावित स्थलको अध्ययन गर्नेछ।

८ जेठ, हुम्ला । हुम्लाको नाम्खा गाउँपालिकाको तिल गाउँमा बाढी पहिरोको कारण पत्ता लगाउन सरकारी टोली हुम्ला आइपुगेको छ ।

frontline

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनिर सुशील कुमार श्रेष्ठ नेतृत्वको तीन सदस्यीय टोली आज बिहान हुम्ला सुदरमुकाम सिमिकोट आएको हो ।

टोलीमा जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट इन्जिनियर सौहाद्र जोशी र खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जिओलोजिस्ट शिवकुमार बास्कोटा छन् । टोली आजै प्रभावित क्षेत्रमा जाने हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए ।

विज्ञहरुको टोली हुम्ला आउने भनेर मंगलबार काठमाडौंबाट नेपालगञ्ज प्रस्थान गरेको थियो । ‘हिजो वेदरको कारणले नेपालगञ्जबाट आउन सक्नु भएन । आज बिहान आइपुग्नु भएको छ,’ प्रमुख जिल्ला अधिकारी पाण्डेले भने, ‘उहाँहरु आजै प्रभावित स्थलतर्फ जानुहुन्छ ।’

जेठ १ गते राति एक्कासी बाढी आउँदा हुम्लाको नाम्खा गाउँपालिका ६ को तिल गाउँमा क्षति पुगेको थियो । १८ घर परिवार बिस्थापित भएर पाल मुनि बसिरहेका छन् ।

करिब ५ हजार ३०० मिटर माथि हिमालमा रहेका दुई वटा हिम पोखरीबाट बगेको पानीले बाढीको रुप धारण गरेको प्रारम्भिक अनुमान छ ।

स्थानीय आफैं पोखरीसम्म पुगेर बाढीको आउनुको कारण पत्ता लगाएका थिए । तर पोखरीको पानी कसरी बाहिर निस्कियो भन्ने वैज्ञानिक रुपमा स्पष्ट हुन सकेको छैन । त्यसैले काठमाडौंबाट आएको विज्ञहरुको टोलीले त्यसको वैज्ञानिक कारण पत्ता लगाउने अपेक्षा छ ।

तिलगाउँ |हुम्ला

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here