तालिवान लडाकु काबुलमा, राष्ट्रपति र उपराष्ट्रपतिले देश छाडे

फ्रन्टलाइन विश्व । अफगानिस्तानका राष्ट्रपति र उपराष्ट्रपतिले देश छाडेका छन्। राष्ट्रपति अशरफ घानी ताजकिस्तानतर्फ लागेको बिबिसीले जनाएको छ। सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी दिएका छैनन्। आजै तालिवान लडाकुहरु राजधानी काबुल पसेपछि घानीले देश छाडेका हुन्।

frontline

तालिवानको धम्कीपछि उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाडेको बिबिसीले जनाएको छ। आइतबार अपराह्ण अफगान राष्ट्रपतिको कार्यालयले स्थिति नियन्त्रणमा भएको दाबी गरेको थियो। राजधानी काबुलमा गोली चल्न थालेको जनाइएको छ । काबुलमा आक्रमण भने नभएको बताइएको छ । शहरको सुरक्षा सुनिश्चित गर्न देशका सुरक्षा र प्रतिरक्षा फौजहरू विदेशी साझेदारसँग मिलेर काम गरिरहेकोले स्थिती नियन्त्रणमा रहेको बुझिएको छ ।

केही सातादेखि देशका अन्य भागमा हिंसा फैलिँदा भागेका हजारौँ अफगानीहरूले काबुलमा शरण लिइराखेका छन्। तालिबान काबुल आइपुगेपछि आइतबार धेरै मानिसले पैसा निकाल्न र यात्रासम्बन्धी कागजपत्र जुटाउन दौडधुप गरेको देखिएको थियो।

प्रतिक्रिया दिनुहोस्

poster-here