डान्सबार/दोहोरी साँझ/नाइट क्लबलाई मनोरञ्जन कर बुझाउन कामपाको ताकेता

काठमाडौं महानगरपालिकाले मनोरञ्जन कर बुझाउन ताकेता गरेको छ।

महानगरपालिकाले आज एक सूचना जारी गर्दै डान्सबार/दोहोरी साँझ/नाइट क्लबहरूलाई ३५ दिनभित्र मनोरञ्जन कर बुझाउन भनेको छ।

frontline

बागमती प्रदेशको प्रदेश आर्थिक ऐन, २०८० ले तोकेको दररेटमा रहेर मनोरञ्जन कर बुझाउन पटकपटक लिखित, फोन तथा मौखिक जानकारी गरिएपनि कर बुझाउन बेवास्ता गरेको भन्दै महानगरले सूचना जारी गरेको हो।

महानगरले कर नबुझाएमा आर्थिक ऐन, २०८० को दफा २१ बमोजिम कारबाही गरिने पनि चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here